काठमाडौं । म्यानमारको नेतृ आङसाङ सुकीलाई सैन्य अदालतले थप ७ वर्ष जेल सजाय सुनाएको छ ।
सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेपछि उनीमाथि विभिन्न आरोपहरु लगाउँदै जेल सजायहरु तोकिदै आएको छ ।
यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । उनीमाथि १९ आरोप लागेको थियो । गत साता उनलाई संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । तर शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको छ ।
बीबीसीका अनुसार सुकीलाई एक अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।
यसअघि कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ ।
७७ वर्षीया नोबेल पुरस्कार बिजेता सुकीले आफ्नो जीवनको लामो समय राजधानी नेपिडोस्थित घरमा नजरबन्दमा विताएकी छन ।
Categorized in अन्तर्राष्ट्रिय