२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पाटन दरवार स्क्वायरमा अबदेखि यी कार्यहरु गर्न निषेध, अनुमतिविना कार्यक्रम गर्न नपाईने


प्रकाशित: शुक्रवार, १५ पुस २०७९, १३ः२० बज
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरवार स्क्वायर क्षेत्रभित्र अनुमतिविना कुनै कार्यक्रम गर्न निषेध गरेको छ । 


आईतवारदेखि सो क्षेत्रभित्र सवारी प्रवेशदेखि, टिकटक बनाउने, भिडियो सुटिंग, साईकल स्टण्ड लगायत विभिन्न कार्यक्रमहरु गर्न प्रतिवन्ध लगाएको महानगर प्रमुख चिरिबाबु महर्जनले बताए । 


प्रमुख महर्जनले विश्वसम्पदामा सुचीकृत ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्नको लागि महानगरले यो कदम चालेको जानकारी दिए । 


मेयर महर्जनका अनुसार ऐतिहासिक दरबार क्षेत्रभित्र जथाभावी सवारी प्रवेश, मन्दिर तथा मूर्तिलाई क्षति पुग्ने गरी गरिने विभिन्न क्रियाकलापलाई रोक्न नियम महानगरले यस प्रकारको नियम लागु गर्न खोजेको हो । 


पछिल्लो समय सो क्षेत्रमा उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउने, अनुमति बिना फिल्म सुटिङ, विवाहको फोटो सुटिङ गर्ने, भिक माग्ने, धार्मिक महत्वका आकृति तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता गतिविधिह? बढ्न थालेपछि सो महानगरले बाध्य भएर नियम लागु गर्नु परेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

 

आईतवारदेखि पाटन दरवार स्क्वायरमा गर्न नपाईने यी कार्यहरु


धुम्रपान तथा मद्यपान गर्न,


मोटरसाईकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न,


सम्बन्धित निकायको अनुमती बिना कुनै पनि कार्यक्रम गर्न र गराउन,


म्यूजिक भिडियो तथा फोटो सुटिङ्ग गर्न,


साईकल स्टण्ड गर्न,


कुनै पनि तरिकाबाट भिक माग्न,


उच्छृङ्खल तरिकाले टिकटक, भिडियो बनाउन,


धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामह? गर्न,


चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न ।


तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex