६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपतिको कार्यकाल फागुन २९ गते सकिने, निर्वाचनको तयारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिने भएकोले निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ ।


आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याललका अनुसार राष्ट्रपतिको पद सकिनु एक महिना अघि निर्वाचनको मिति तोकिनु पर्ने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा उल्लेख छ ।


आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने ऐनमा व्यवस्था भएकोले निर्वाचनको तयारी सुरु गरिएको सहायक प्रवक्ता अर्यालको भनाई छ । 


वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेकोे छ । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ।


यस निर्वाचनमा सङ्घीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex