काठमाडौ । समाजसेवी देवनारायण खड्गीले मेरि क्रिसमसको अवसरमा अन्तरदृष्टि नेपालका बालवालिकाहरुलाई भोजन गराएका छन ।
शनिवार एक कार्यक्रमविच समाजसेवी खड्गीले बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा संस्थाको भवनमा त्यहाँ आश्रय लिईरहेका अभिवाकविहिन बालवालिकाहरुलाई खाना खुवाएको अन्तरदृष्टि नेपालका अध्यक्ष नन्दा सिंह प्रसाईले बताईन ।

खाना खुवाउने कार्यक्रममा आयोजक समाजसेवी खड्गीको परिवार मिलेर वालवालिकाका साथै बृद्धबृद्धाहरुलाई पनि भोजन गराएको सिंहले जानकारी दिईन ।
सो अवसरमा खड्गीले आफूले पहिले देखिनै यस संस्थालाई सहयोग गर्दै आएको र अहिले क्रिसमसको अवसरमा पनि संस्थामा रहेका बालवालिकाहरुलाई खाना खुवाएर सानो सहयोग गरेको बताए ।
उनले समाजलाई आफूले सकेको योगदान दिनु पर्ने आफ्ना धारणा रहेकोले आज खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको सुनाए ।

खड्गी नेपाल खड्गी सेवा समिति बौद्ध जोरपाटीको पूर्व अध्यक्ष र नायः बचत तथा ऋाण सहकारी संस्था लि.को उपाध्यक्ष पनि हुन ।
संस्थाका अध्यक्ष सिंहले समाजसेवी खड्गीको परिवारलाई संस्थाका परिवारसँग खुसी बाड्न आएकोमा धन्यवाद दिएकी छिन ।

‘आज हामीलाई थोरै खुसी बाड्नको लागि देवनारायण खड्गी सरको परिवारहरु आउनु भा छ, एकदमै धेरै धेरै धन्यवाद सर हजुरहरुलाई । उनले भनिन, हामीलाई जहिले आवश्यक पर्छ उहाँहरुको ठयाक्कै ईन्ट्रि हुन्छ, त्यो चाँही हामीलाई एकदम खुसी लाग्छ । ’
२०७४ सालमा स्थापना भएको यस संस्थामा अहिले १४ जना अभिभावक विहिन वालवालिकाहरु छन र उनीहरुलाई आश्रयसँगै शिक्षा पनि दिईरहेको उनले जानकारीे दिईन ।
दुुगर्म एरिया कालिकोट, जुम्लाका बालवालिकाहरु संस्थामा रहेको उनले बताउँदै अहिले मुख्य समस्याको खाना भन्दा संस्थाको कोठा भाडा, बालवालिका स्कुल फिस ग्राहो भएको सुनाईन ।
संस्थाको अर्का सहयोगी सिता बस्नेतले समाजसेवी खड्गीको परिवारलाई विशेष धन्यावाद ज्ञापन गर्दै अरु सहयोगको अपेक्षा पनि गरिन ।
सो अवसरमा खड्गीले फेरि पनि मसँगै मेरा साथिहरुको मध्यमबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तस्वीरतथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज