काठमाडौं । १९ बर्षदेखि हत्या आरोपमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वोच्चको आदेशपछि रिहा गरिएको छ ।
शुक्रवार शोभराजलाई कडा सुरक्षा घेराविच अध्यागमन विभालाई प्रहरीले बुझाएको छ ।
मिडियाहरुलाई फोटो र भिडियो खिच्न बन्देज लगाउँदै विभागलाई बुझाएको छ । शोभराजकै आग्रहमा फोटो नखिच्न र मिडियासँग कुराकानी नगर्ने भएकोले यसो गरिएको बुझिएाको छ ।
सर्वोच्चले उनलाई बुधवार रिहा गर्ने आदेश दिँदै १५ दिनभित्र उनकै देश फर्काउने व्यवस्था मिलाउन भनेका थियो ।
शोभराजमाथि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो ।
कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ ।
Categorized in राष्ट्रिय