६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सपथग्रहणमा सांसदहरु ! (फोटो फिचर)


प्रकाशित: विहिवार, ७ पुस २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले सपथ लिएका छन ।


विहिवार प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले नयाँ बानेश्वरस्थित संसदमा उपस्थित सांसदहरुलाई सपथ खुवाएका छन । 


प्रतिनिधिसभामा २७५ जना सांसद रहेकोमा ८४ जना अनुपस्थित थिए । यी मध्ये २६ जनाले आफ्नो मातृभाषामा सपथ ग्रहण गरेका थिए । 


सपथग्रहण आएका विभिन्न आदीवासी जनजातिहरु आ–आफ्नो संस्कृति, पहिचानको भेषभुषमा आएका थिए । 


संसदमा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन ।


राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


तस्वीरहरुः रमेश शाक्य/अजय खड्गी/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex