काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० बर्गफिट भन्दा माथिका परियच पार्टी (साईन बोर्ड) हटाउन आग्रह गरेको छ ।
महानगरको राजस्व विभाग बबरमहलले एक सुचना जारी महानगरपालिका भित्रका क्षेत्रभित्र व्यापार/व्यवसाय गर्ने, संघ, संस्था, कार्यलय, वित्तिय संस्था, सरकारी लगायतले सुचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको वर्गफिटमा भन्दा माथि भए सो हटाउन आग्रह गरेको छ ।
सो समयमा सम्बन्धीत पक्षले नहटाए महानगरको टोलीले हटाई सम्बन्धीत पक्षबाटै असुल उपर गराउने चेतावनी समेत दिएका छन ।
साथै विभागले तोकिएको ३० वर्गफुट भित्र रही परिचय पार्टी राख्न आग्रह गरको छ । ६ बर्गफुटदेखि ३० वर्गफुटसम्म लाग्ने शुल्क समेत निर्धारण गरिएको छ ।
६ वर्गफुटको एउटा मात्र राख्न पाईने बार्षिक रु पाँचसय, १५ वर्गफुट एक हजार ५ सय तोकेको छ ।
त्यसैगरी १५ वर्गफुट भन्दा माथि प्रतिवर्गफुटको १००० हजार तोएिको छ । १६ वर्गफुटको १६ हजार, १७ वर्गफुटको सत्र हजार तथा ३० बर्षफुटको तिस हजार शुल्क निर्धारण गरिएको छ ।
Categorized in राष्ट्रिय