६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पुस ७ गते सांसदहरुको सपथ ग्रहण, सपथ लिन यी कुराहरु चाहिने


प्रकाशित: सोमवार, ४ पुष २०७० ब९, २०ः०जे 
- महानगरखवर

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुको पुस ७ गते सपथ ग्रहण कार्यक्रम रहेको संघीय सचिवालयले जनाएको छ ।


सचिवालयले सोमवार एक सुचना जारी गरी पुस ७ गते दिउँसो १ बजे बानेश्वर स्थित संसद भवनमा सपथ लिने कार्यक्रम रहेको सुचना प्रकाशित गरेको हो । 


सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन । 


सपथ ग्रहणको लागि निर्वाचन आयोगबाट जारी प्रमाणपत्र, २ प्रति हालसालै खिचेको फोटो, राष्ट्रिय पोशाक वा आफ्नो जातिय पहिचानको पोशाक लगाएर २ घण्टा अघि नै संसद भवन प्रवेश गर्नु पर्ने जारी सुचनामा उल्लेख छ ।

 
शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन । प्रतिनिधिसभामा २७५ जना सांसद रहेका छन ।

 

 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex