काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार ६ पुसमा संसदीय दलको निर्वाचन हुनेछ ।
केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन तालिका अनुसार भोली –पुष ५ गते) विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।
मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । मतदान सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा हुने निर्वाचन संयोजक भीष्मराज आङदेम्बेले जनाएको छ ।
निर्वाचन कार्यतालिका

Categorized in राष्ट्रिय