काठमाठौं । दुई सातादेखि राजधानीको फोहर फोहर डम्पिङ साईट सिसडोलमा व्यवस्थापन गर्न नसक्दा राजधानी दुर्गन्धित बनेको छ । अहिले चोक, गल्ली, सडकमा फोहरको डंगुर छ ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले डम्पिङ साईट जाने बाटो बर्खाले गर्दा बिग्रिएकोले २ साताको लागि फोहर घरमै व्यवस्थापन गर्न अनुरोध गरेका थिए । तर व्यवाहारमा भने सम्भव नभएको राजधानवाासीहरु बताउँछन् ।
महानगरसँगको फोहर व्यवस्थापनको अर्को डम्पिङसाईट नहुँदा समस्या सिर्जना भएको हो । बाटो विग्रेर फोहर व्यवस्थापन गर्न नसकेको भनेर महानगर पन्छिनु खोजेको पनि सिसडोलको विकल्प अर्को साईट नहुँदा फोहरको थुप्रो राजधानीका थुप्रिएको हो ।
महानगरले फोहरव्यवस्थापन गर्दै आएको सिसडोलमा पटक –पटक क्षमता विस्तार गरेर फोहर व्यवस्थापन पने गरेपनि अबको ३ महिनामा सो साईट भरिने छ, अव फेरि क्षमता विस्तार गर्न असम्भव रहेको जानकारहरुले बताएका छन् ।
त्यसैले आगामी दिनमा समस्या विकाराल हुने देखिएको छ । महानगरले विकल्पको रुपमा ककनी गाउँपालिकाको बञ्चरेडाडालाई प्रस्ताव गरिएको छ तर यस साईट निर्माण गर्न ३ बर्ष लाग्ने फोहरमैला व्यवस्थापन केन्द्रको भनाई छ ।
ल्यान्डफिल साइट बनाउन २०६१÷६२ देखि वार्षिक डेढ करोडभन्दा बढी रकम विनियोजन हुँदै आएको थियो । गत वर्षदेखि त्यो पनि रोकिएको छ ।
सरकारले २०६२ जेठ २२ बाट सिसडोलमा फोहोर फाल्न सुरू गरेको थियो । त्यसको तीन वर्षभित्र बञ्चरेडाँडालाई दीर्घकालीन डम्पिङ साइट बनाउने योजना थियो । तेह्र वर्ष बित्दा पनि बन्न सकेको छैन ।
उपत्यकाबाट दैनिक ८ सय टन फोहोर निस्कन्छ ।
Categorized in समाज