६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिदै


प्रकाशित: आईतवार, ३ पुष २०७९, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले आईतवार प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।


आज दिउँसो १ः३० बजे एक कार्यक्रमविच प्रमाणपत्र वितरण गर्न लागिएको आयोगका सह–प्रवक्ता सुर्य अर्यालले जानकारी दिए ।


प्रतिनिधिसभाका ११० जना र प्रदेशसभाका २२० सांसद गरी ३ सय ३० लाई प्रमाणपत्र वितरण गर्न लागिएको हो । 


आयोगका अनुसार प्रतिनिधिसभा समानुपातिकमा सबैभन्दा ठुलो दल एमाले बनेको छ । 


प्रतिनिधिसभा एमालेको ३४, नेपाली कांग्रेस ३२, नेकपा माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी १४, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ५, जनमत ५ सिट पाएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex