काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य बल्र्ड बज्राचार्य अवार्ड–२०२२ बाट सम्मानित भएको छ ।
काठमाडौका कमलादीस्थित प्रज्ञाभवनमा आयोजित विशेष कार्यक्रममा शाक्यलाई आयोजक संस्था बज्राचार्य क्लबले शाक्यले बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पुराएकोमा विशेष सम्मानबाट सम्मानित गरिएको बताएको छ ।
सो कार्यक्रममा लाईफ टाईम एचिभमेन्ट अवार्डबाट फणिन्द्ररत्न बज्राचार्य सम्मानित भएको छ ।
बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गरिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ ।
विशेष गरी शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको वल्र्ड बज्राचार्य अवार्डस्को दोश्रो संस्करणमा समाजमा महत्वपूर्व योगदान व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।
दोस्रो संस्करणको यस अवार्डमा यस पटक सय भन्दा बढि विद्यार्थीहरु पुरस्कृत भएको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।
सो अवसरमा पर्यटन तथा संस्कृतिमन्त्री जिवनराम श्रेष्ठ, काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल, नेवाः देय दबु अध्यक्ष पवित्रमान बज्राचार्य लगायतको सहभागिता थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर





Categorized in समाज