६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बालुवाटारमा कांग्रेस सांसदहरुको जमघट ! (फोटो फिचर)


प्रकाशित: शनिवार, २ पुष २०७९, १८ः४० बजे
- अजय खड्गी

काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटारमा आज (शनिवार) नवनिर्वाचित कांग्रेस सांसदहरुको जमघट भएको छ ।


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि आयोजना गरेको कार्यक्रमा सांसदहरुको उपस्थिती रहेको थियो ।


दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएको पार्टी प्रवक्ता डा.प्रकाशरण महतले बताए ।


प्रवक्ता महतले आजको कार्यक्रममा निर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको अरु केही विशेष नभएको जानकारी दिए । 


सो अवसरमा कांग्रेसका तथा सांसद महामन्त्री गगनकुमार थापा, प्रदीप पौडयाल, उपसभापति पूर्णबहादुर खड्का, मोहनबहादुर बस्नेत, विनोद चौधरी, रामहरि खतिवडा, सपनाराज भण्डारी, सुचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत सांसदहरुको उपस्थिती रहेको थियो । 


गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

 

 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex