६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

‘खुलामञ्चमा भूमिगत पार्किङ व्यापारी पोस्ने परियोजना मात्र होः’ अभियान्ता बैद्य (भिडियो)


प्रकाशित: शुक्रवार, १ पुुस २०७९, २०ः५० बजे
- अजय खड्गी

काठमाडौं । टुँडिखेल अकुुपाईका अभियान्ता शुसन बैद्यले काठमाडौं महानगरले खुलामञ्चमा निर्माण गर्न लागेको भूमिगत पार्किङ सिमित व्व्यापारी पोस्ने परियोजना मात्र भएको बताएको छ ।


बैद्यले महानगरखबरडटकमसँग गरेको वार्तामा सो कुरा बताउँदै खुलामञ्चमा पार्किङ अस्विकार्य भएको पनि बताए । उनले काठमाडौंको एकमात्र खुला स्थानमा पार्किङ बनाएर खुलामञ्चको अस्तिव्व मेट्ने काम जनताले नदिने दावी गरेका छन ।  

 


उनले भने,‘जनताको एकमात्र खुला स्थानमा गिद्दे नजर लगाएर सिमित ब्यापारीलाई पोस्न मात्र बनाएको परियोजना हो, केही समयपछि बनि हाल्ने  सम्भावनानै छैन, यदि बनि हाल्यो भने २–५ बर्षपछि सस्टनेवलेटी पीपी मोडेल या चाही चलाई राख्न रनिङ कस्ट मेन्टेन गर्न केही व्यापारी आउँछन, त्यो ब्यापारीले पैसा कमाउने व्यवसाय मात्र बन्छ, नगरवासीको लागि सुविधा तपसिलको कुरा मात्र हुन्छ, व्यापारी पोस्ने योजना मात्रा हो ।’


पार्किङ थप्नु मात्र सोलुसन होईन, सर्वसुुलव यातायातको व्व्यवस्थापन गर्न लागि सार्वजनिक यातायातमा राज्यले लगानी गर्नु पर्छ, पार्किङ थप्नु भनेको सँगै नयाँ गाडीहरु पनि थप्नु हो उनले भने ।


दशबर्ष अघिको सरकारले सडक जाम भयो भनेर सडक चौडा गरयो तर के जाम हट्यो त ? उनले प्रतिप्रश्न गर्दै भने, केही समय राहात भयो, त्यस्तै गरी भूमिगत पार्किङहरु बनाउँदै गर्दा पनि केही समयत त राहात हुन्छ, कालान्तरमा एले सोलुसशन दिँदैन, सोलुशसन भनेको पब्लिक ट्रान्सपोटेशनै हो ।’


खुलामञ्च भनेको राष्ट्रिय स्तरको स्पेस हो, महानगरको मात्र होईन, यो त स्वतन्त्रताको प्रतिक पनि हो हिजो पञ्चायतको बेला पनि त्यही ठाउँमा बसेर स्वतन्त्रताको लागि विगुल फुक्यौ, यतिमात्र नभएर यसको सांस्कृतिक, धार्मिक, राजनीतिक, ऐतिहासिक महत्व र वातवारणीय महत्व पनि भएकोले यहाँ भूमिगत पार्किङ बनाउँछु भनेर सोच्नु पनि अकल्पनिय भएको  अभियान्ता बैद्यको भनाई छ । 


‘प्रत्येक शासक वर्गले खुलामञ्चको दोहनमात्र गरे, राजाको शासन कालमा सेनाले, पञ्चायतमा, प्रजातन्त्रपछि जनप्रतिनिधिहरुले, सबैको आखा खुलामञ्चमै गयो र सकेको मान्छेले दोहोन गरेकै देखियो’ उनले भने । 


काठमाडौं महानगरले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने तयारी गरेको चर्चा चलेपछि सोको अहिले चौतर्फी विरोध सुरु भएको छ । 

 


भिडियो/तस्वीरः बिज्जु श्रेष्ठ/महानरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex