२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमति सभ्यता जोगाउन अनाधिकृत बस्ती हटाउन हस्ताक्षर अभियान


प्रकाशित: शुक्रवार, १ पुुस २०७९, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । बागमति सभ्यता संरक्षण गर्न अनाधिकृत बस्ती हटाउन काठमाडौंको वसन्तपुरमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।


शुक्रवार वसन्तपुरको दश अवतार डवलीमा उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान सुरु गरेको हो ।

 
सो अभियानमा सर्वसाधरणले ऐक्यवद्धता जनाउन हस्ताक्षर गरिरहेका थिए । 


यस अघि मंसिर २० गते समितिले थापाथलीस्थित बसेको नक्कली सुुकुम्बासीहरुलाई हटाउनु पर्ने माग राख्दै काठमाडौं महानगरपालिका गेटमा धर्ना दिई महानगर प्रमुख बालेन्द्र साहलाई ज्ञापन पत्र समेत बुुझाएका छन । 


मंसिर १२ गते काठमाडौं महानगरले नगर प्रहरी लगेर सो स्थानमा बस्ती हटाउन प्रयास गरेपछि वस्तीका बासिन्दाले प्रतिकार गरेका थिए । सो क्रममा केही नगरप्रहरीहरु घाईते समेत भएका थिए ।


वस्तीका वासिन्दाले आफूहरुलाई राज्यले व्यवस्था नगरी सो ठाउँ नछाड्ने भन्दै प्रदर्शन तथा विरोधका कार्यक्रमहरु गर्दै आएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex