काठमाडौं । चिकित्सा विधयेक लगायतको विषयलाई लिएर जुम्लामा २० देखि अनवरत अमरण अनसनमा बसेका डा. गोबिन्द केसीलाई उपचारको लागि बल प्रयोग गरेर काठमाडौं ल्याउने क्रममा बबण्डर भयो ।
डा. केसीलाई लिन पुगेको सरकारी टोलीलाई केसीका समर्थक स्थानीय, चिकित्सक तथा विद्यार्थीहरुले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्ने क्रममा झडप भएको थियो । सो झडपमा प्रहरी प्रहरी जवान कमल उपाध्यायाको मृत्युको हल्ला फैलिएपछि डा. केसी काठमाडौं आउन सहमत भएका थिए तर वास्तवमा प्रहरीको मृत्यु नभई उनी घाईते मात्र भएको थियो । हालको उनको उपचार भईरहेको छ ।
झडपमा विद्यार्थीहरुले सिसा र बेन्चको चर्पट प्रहार गर्दा प्रहरी जवानलाई लागेर घाईते भएपछि प्रहरीले नै माईकिंग गरी मृत्युको हल्ला फैलाएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
डा. केसीलाई काठमाडौ ल्याउन प्रहरी मृत्यु भएका झुठो सहारा लिएको समाचार अहिले मिडियाहरुमा आईरहेको छ ।
प्रहरीले माईकिंग गरेर प्रहरी जवान मृत्यु अलर्ट गरेपछि संचारमाध्यमहरुले तुरुन्तै सो खबरलाई प्रकासित गरेको थियो । तर प्रहरीले प्रहरी जवानको मृत्यु नभएको भन्दै मिडियाहरुले जीवित मान्छेलाई मरेको सामाचार प्रकाशन तथा प्रशासरण गरेको भन्दै आपत्ती प्रकट गरी गालीगलौज समेत गरेको छ ।
यता, अहिले डा. केसीलाई शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा उपचारको लागि भर्ना गरिएको छ । ओली नेतृत्वको सरकारले चिकित्सा विधेयक परिमार्जन गरेर ल्याउन लागेको भन्दै जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा गएर अमरण अनसनमा बसेपछि दिनप्रति दिन स्वास्थ्य स्थिती गम्भिर बन्दै गएको थियो ।
उपचारको लागि सरकारले चिकित्सक पठाएपनि उपचार लिन नमानेपछि सरकारले बल प्रयोग गरेर भएपनि राजधानी ल्याएर उपचार गर्ने रणनीति तयार गरेको थियो ।
Categorized in स्वास्थ्य