६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम प्रतिवेदन 


प्रकाशित: विहिवार, २९ मंसिर २०७९, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंसिर ४ गते सम्पन्न निर्वाचन परिणाम बुझाएको छ ।


आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले विहिवार राष्ट्रपति कर्यालयमा एक कार्यक्रमविच प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो । 


प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन । 

 

आयोगले आगामी पुस  २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex