काठमाडौं । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका– ४ मा एक यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा ३ ख ४३८५ नम्बरको बसमा सवार यात्रुहरु मध्ये १७ जनाको मृत्यु भएको हो । बेथानचोक–४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो ।
केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार भइरहेको छ भने केही काठमाडौं रिफर गरिएको छ ।
बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।
Categorized in समाज