काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य बल्र्ड बज्राचार्य अवार्ड–२०२२ बाट सम्मानि हुने भएको छ ।
आगामी पुस २ गते काठमाडौका कमलादीस्थित प्रज्ञाभवन हुने अवार्ड कार्यक्रममा प्रमुख शाक्यलाई बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पुराएकोमा विशेष सम्मानबाट सम्मानित गर्न लागिएको आयोजकले बताएको छ ।

त्यसैगरी सो अवसरमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने भएको छ ।
बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गर्न लागिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ ।
विशेष गरी शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको वल्र्ड बज्राचार्य अवार्डस्को दोश्रो संस्करणमा समाजमा महत्वपूर्व योगदान व्यक्तित्वहरुलाई पनि सम्मान गर्ने परम्परा सुरु गरिको क्लबले जानकारी दिए ।
दोस्रो संस्करणको यस अवार्डमा यस पटक सय भन्दा बढि विद्यार्थीहरु पुरस्कृत हुन लागिएको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।
कार्यक्रममा एस.ई.ई. देखि स्नातकोत्तर तहसम्म हरेक संकायको हरेक विधामा उच्च अङ्क ल्याइ उत्तीर्ण हुने बज्राचार्यहरु अवार्डबाट पुरस्कृत हुनेछन् ।
यसैगरी, पि. एचडी. पूरा गरेका, नेपालभाषा र बुद्धिष्ट विषयमा उत्तीर्ण भएका हरेक बज्राचार्य विद्यार्थीलाई अवार्ड प्रदान गरिनेछ । विश्वका विभिन्न कुनाकाप्चामा बसोबास गरेर बसेका पाँच सय बढि बज्राचार्यहरुले अवार्डका लागि आफ्नो नाम दर्ता गराएका थिए ।
क्लबका अध्यक्ष सर्जु बज्राचार्यले यो अवार्ड शैक्षिक क्षेत्रमा केन्द्रीत रहेको र भविष्यमा विभिन्न क्षेत्रमा योगदान दिने बज्राचार्यहरुको सम्मानको लागि अलग अलग कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि सुनाए ।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको अवार्डको पहिलो संस्करण सन् २०१९ मा भएको थियो ।
Categorized in समाज