५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

सुन्धारामा पानी झर्ने नली भत्काईदिएपछि स्थानीयको विरोध


प्रकाशित: सोमवार, २६ मंसिर २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । ऐतिहासिक धराहरासँगै जोडिएको सुन्धारामा पानी झर्ने नल निर्माण कम्पनीले भत्काई दिएको छ ।


मंसिर २५ गते आईतवार धरहरा पुननिर्माण कम्पनीको डोजरले पानी टयाँकी बनाउन खाल्डो खन्ने क्रममा सुन्धारामा पानी झर्न लिच्वीकालिन ऐतिहासिक महत्वको सो नलीको सम्पूर्ण संरचना भत्काई दिएको काठमाडौं महानगरपालिका वडा २५ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।


सोमवार सोही विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा वडा अध्यक्ष महर्जनले सो कुराको जानकार दिँदै तत्काल पुननिर्माणको सम्पूर्ण काम रोक्न माग समेत गरेको छ ।


काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह(बालेन) साहको विशेष उपस्थितीमा आयोजित पत्रकार भेटघाटमा सो घट्नाबारे धरहरा सुन्धारा संरक्षण समितिका संयोजक गौतम डंगोलले विस्तृत रुपमा बताएका थिए । 


उनले भने,‘ स्थानियको पटक पटकको खवरदारी र ध्यानाकर्षणको बावजुद धरहरा परियोजना बाट सम्पदा क्षेत्रमा काम गर्दा अपनाउनु पर्ने सामन्य सुरक्षा मापदण्ड समेत नअपनाई लापरवाहीपूर्वक गरेको कामबाट ऐहितासिक सुन्धाराको मुख्य धाराको पानी झार्नको लागि व्यवस्थापन गरिएको पुरातात्विक महत्वको संरचना क्षतविक्षत बनाई दिएको छ ।’


‘यसरी स्थानीय समुदायको सकारात्मक सरोकार चासोलाई समेतलाई बेवास्ता गर्दै आज यो दुर्घटना हुन गएको छ । यो दुर्घटना ले यति महत्त्वपूर्ण एतिहासिक सुन्धाराको पानी झर्ने नली मात्र बिग्रेको छैन राष्ट्रकै ऐतिहासिक र गौरवपूर्ण सम्पदा नास गर्ने काम भएको छ ।’ उनले भने । 

 

 


सो घट्ना पछि स्थानीयहरुले ३ सुत्रिय माग पनि राखेका छन । 


१. सुन्धाराको ऐतिहासिक मूल्य मान्यता अनुसार पुनर्निर्माण को प्रत्याभूति नभए सम्म परियोजनाको सम्पूर्ण कार्य बन्द गर्ने । हिजोको घटनामा संलग्नमाथि तत्काल कारवाही गर्ने ।


२. सम्पदा पुनर्निर्माणको कार्यमा स्थानियको प्रतिनिधि र पुरातत्वबिदको अनिवार्य सहभागी हुनु पर्ने ।


३. स्थानीयरुपमा परियोजनाले नयां धरहरा टावर निर्माणको दौरान ज्भबखथ ीयबम को गाडीहरूको आवतजावतको कारण साबिक मा भएको सडक भत्किन गै पानी परेको बेलामा हिलो र अरु बेला धुलाम्मे हुन गै स्थानीय छेत्रमा भै रहेको वायुप्रदूषण तत्काल नियन्त्रण गर्ने र  परियोजनाबात बिग्रीएको दुरसंचार केन्द्रको कार्यालय अगाडिबात खिचापोखरिसम्म जाने सडक तत्काल कालो पत्रे गर्नु पर्ने ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika