कठमाडौ । अबैध रुपमा ल्याएको ९ किलो ८ सय ग्राम चाँदीसहित सर्लाही संग्रामपुरका सन्देश मण्डल र धनुषा सहिदनगर नगरपालिका ६ बस्ने रञ्जित मुखियालाई प्रहरी पक्राउ गरेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाको आधारमा चेकजाँचको क्रममा बाट ज. ८. प. नम्बरको ९९६० नम्बरको अपाचे मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
दुवै व्यक्ति र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रकासित ः २०७५ बैशाख ७ गते ७ः०० बजे
Categorized in राष्ट्रिय