४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

आफ्नो फोहोर आफैं सफा गर्न सरकारी तथा निजी कार्यालयलाई महानगरको आग्रह


प्रकाशित: बुधवार, २१ मंसिर २०७९, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफै सफा गर्न आग्रह गरेको छ । 


बुधवार महानगरपालिकाको वातावरण तथा कृषि विभाग टेकुल एक सुचना प्रकाशित गरी ३५ दिनभित्रै आफैं फोहरको व्यवस्थापन नगरे दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी दिएको छ ।


जारी सुचनामा सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा ह्रास आएको बताएको छ ।

 

 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika