२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कथित सुकुम्बासी हटाउन माग गर्दै महानगरको गेटमा धर्ना (विज्ञप्तीसहित)


प्रकाशित: मंगलवार, २० मंसिर २०७९, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । थापाथलीस्थित बसोवास गदैृ आएका कथित सुकुम्बासी हटाउन माग गर्दै प्रदर्शन भएको छ ।


मंगलवार उपत्यका व्यवस्थापन तथा सहयोग संघर्ष समितिले कथित (नक्कली) सुकुम्बासी हटाउन माग गर्दे काठमाडौं महानगरपालिकाको गेट अगाडी प्रदर्शन गरेका छन । 


उनीहरुले महानगर प्रमुख बालेन्द्र साह(वालेन)लाई सम्बोधन गर्दै ज्ञापन पत्र समेत बुझाएका छन । 


प्रदर्शनकारीहरुले असली सुकुम्बसीको व्यवस्थापन गर । नक्कली सुकुम्बासीलाई कारवाही गर !, सुकुम्बासीको अर्थ भूमिहिन हो । भूमि भएकाहरु कसरी सुकुम्बासी हुन्छ ।, सुकम्बासीको नाममा राजनीति गर्न पाईदैन जस्ता प्लेकार्ड बोकी नाराबाजी गरेका थिए । 

 


समितिले नगरप्रहरीमाथिको आक्रमणको विरोध गर्दै भनेको छ,‘दिउँसै खुलारुपमा घरेलु हातहितयार प्रदर्शनीको कारण समेतले राजधानी भयावह, असुरक्षित तथा सन्त्रासमय बातवरण उत्पन्नन भई स्थानीय जनताहरुप्रति गहिरो मानसिक दवाव उत्पन्न भई अशान्ति फैलिई राजधानीमा राजधानीमा अमनचयन समेत खलबलिएकोले सो कार्यलाई व्यवस्थित र मर्यादित गर्न यस काठमाडौं महानगरपालिका प्रमुख÷उपप्रमुख एंव नगर प्रहरी लगयात सम्पूर्ण महानगरपालिका समग्र कर्मचारीहरुबाट जतिसुकै कष्ट, यातना झेल्नु परेपनि आफ्नो कर्तव्य र दायित्वबाट एक इन्च पनि नहटि सो कथित सुकुम्बासीको घर टहरा हटाई राजधानीको सौन्दर्यता, शुशान्ति र मैत्रीपूर्ण वातवारण कायम गर्ने यहाँहरुको महान कार्यमा हरपल साथ, सहकार्य, सहयोग, समर्थन एंव एक्येबद्धता जाहेर गर्दछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex