काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलको बैठकले गठबन्धनको अवश्यक्ता र सान्दर्भिकता अहिलेको निर्वाचनले पुष्टी गरेको निष्कर्ष निकालेका छन ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको बैठकको निष्कर्ष रहेको थियो ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले सो निष्कर्ष निकाल्दै आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरेको छ ।

Categorized in राष्ट्रिय