काठमाडौं । तत्काल सुकुम्बासीहरुलाई नहटाउन राष्ट्रिय भूमि आयोग तहालचले आग्रह गरेको छ ।
शुक्रवार आयोगले एक सुचना जारी गरी सुकुम्बासीको लागत संकलन र प्रमाणीकारण पुनः सुचारु गरिने भएकाले सो सम्पन्न नहुन्जेलसम्म उनीहरुलाई नहटाउन स्थानीय निकाय तथा सरोकारवाला निकायहरुलाई आग्रह गरेका हो ।
आयोगले भनेको छ, ‘लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्नरनगराउन यो सूचना प्रकाशित गरिएको छ ।’
यस अघि निर्वाचन भएकाले सो कार्य आयोगको आदेशअनुसार बन्द गरिएको थियो ।
काठमाडौं महानगरले अधिकार सम्मपन्न एकिकृति बागमती सभ्यतासँगको सहकार्यमा मंसिर १२ गते थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुलाई हटाउन प्रयास गरेका थिए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि १४ मंसिरमा ३५ दिने सूचना जारी गर्दै खोला किनार लगायत क्षेत्रमा अतिक्रमण गरिएका जग्गा खाली गराउन भनेको छ ।

Categorized in राष्ट्रिय