काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र गगन थापाविच भेटवार्ता भएको छ ।
मंगलवार महामन्त्री शर्मा गगग थापाका निवास गई बधाई साटासाट गर्दै अवको प्रधानमन्त्री गगन थापालाई बनाउने अभियान सुरु गर्ने बताएका छन ।
झापा– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरे ।
भेटको क्रममा उनले भने,‘तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो ।’
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए ।
Categorized in राष्ट्रिय