५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बिराटनगर महानगरपालिका छोरी बचाउ, छोरी पढाऔं अभियानमा, २ छोरी जन्मे ६ हजार नगद पुरस्कार 


प्रकाशित: बिहिबार, ३ साउन २०७५, १०ः१८ बजे
- महानगरखबर

काठमाडौं । ‘छोरी बचाउ, छोरी पढाऔं’ अभियानमा विराटनगर महानगरपालिका लागेको छ । दुई छोरी जन्माए ६ हजार नगद पुरस्कार प्रदान समेत दिन सुरु गरेको  छ ।

 
महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ नगद पुरस्कार दिनेछ र दोश्रो पटक पनि छोरी जन्मे थप ३ हजार दिने स्किम ल्याएको छ ।

 
‘छोरी बचाउ, छोरी पढाऔ’ अभियान अन्तर्गत ल्याएको अभियानमा छोरी जन्माउने जोडीले महानगरका केही सर्तहरु भने पुरा गर्नुपर्ने हुन्छ ।

 
२० बर्ष उमेर पूरा गरेकी आमा हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनैपर्छ । बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ । र, आमा नेपाली नागरिक नै हुनुपर्छ ।


महानगरपालिका उपमेयर इन्दिरा कार्कीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार आर्थिक बर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३÷३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको छ ।

 
यस क्षेत्रमा पहिलो सन्तान जन्मेपछि लिङ्ग पहिचान गरेर गर्भ तुहाउने परम्परा विकसित भइरहेकाले त्यसलाई निरुत्साहित गर्न यो अभियान अन्तर्गत नगद पुरस्कारको योजना ल्याएको महानगरपाकिलाले जनाएको छ । 


यो अभियानलाई महानगरले चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ छुट्याइएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex