काठमाडौं । अहिले समानुपातिक मतगणना जारीनै रहेको छ ।
सोमवार बेलुका ५ः१५को आयोगको अपडेट अनुसार झण्डै ९४ लाख मत गनिसकिसकेको छ ।
११० सिट समानुपातिक सिटमध्ये मतपरिणाम अनुसार नेकपा एमाले ३५, नेपाली कांग्रेसले ३३, नेकपा माओवादी केन्द्रले १५, राष्टिय स्वतन्त्र पार्टीले १५, राप्रपा ७ र जनता समाजवादीले ५ सिट पाउने देखिएको छ ।
नेकपा एमालले २५ लाख ४८ हजार २३५, नेपाली कांग्रेसले २४ लाख १२ हजार ७०७, नेकपा माओवादी केन्द्रले १० लाख ७७ हजार ४७२, रास्वापाले १० लाख ६५ हजार ४६८, राप्रपाले ५ लाख ४६ हजार ४३३, जसपाले ३ लाख ३३ हजार ४१ मत पाएका छन ।
Categorized in राष्ट्रिय