४ भाद्र २०८३, बिहिबार
Header

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने क्रममा भिडन्त, ३६ नगर प्रहरी घाईते 


प्रकाशित: सोमवार, १२ मंसिर २०७९, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बसन्त हटाउने क्रममा ३६ नगर प्रहरी घाईते भएका छन ।


सोमवार वस्ती हटाउन डोजरसहित पुगेका नगर प्रहरी र वस्तीका मानिसविच भडप हुँदा उनीहरुको अक्रमणमा परि नगर प्रहरीहरु घाईते भएको महानगरपालिकाले जनाएको छ । 


महानगरका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका हुन । घाईतेहरुमध्ये वीर अस्पतालमा २ जना  र नर्भिकम ३४ जनाको उपचार भईरहेको नगर प्रहरी निरीक्षक सूर्य के.सी.ले बताएका छन । 


उनका अनुसार घाइतेमध्ये धेरैको टाउकोमा चोट छ । टाउकोमा ७ टाँकासम्म लगाउनु परेको छ । टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका विरामी धेरै छन । 


सो घटनबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले अधिकार सम्मपन्न एकिकृत बागमति सम्भयता विकास समतिले एक सार्वजनिक सुचना जारी गरी मंसिर ४ गते भित्र नदि किनारामा निर्माण भएका घरटहरा, राखिएका निर्माण सामग्री तथा सवारी सधान हटाउन सुचना जारी गरेपनि अटेर गरेपछि वस्तीमा मानिसहरुलाई सचेत गराउन खोज्दा आफूहरुमाथि आक्रमण भएको बताएका छन ।


वस्तीका स्थानीयले ढुंगा प्रहारसँगै लाठी लगायतका घरेलु समान बोकेरको प्रदर्शनमा उत्रदै नगरप्रहरीमाथि आक्रमण गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex