११ भाद्र २०८३, बिहिबार
Header

काठमाडौंबाट प्रदेशसभा सदस्यमा को–को भए निर्वाचित ?


प्रकाशित: आईतवार, ११ मंसिर २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट बागमति प्रदेशका लागि २० प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन । 


कांग्रेसबाट काठमाडौं–१ (१) मा दीपेन्द्र श्रेष्ठ, काठमाडौं–१ (२) मा सुरजचन्द्र लामिछाने, काठमाडौं–३ (१) मा छिरिङ दोर्जे लामा, काठमाडौं–३ (२) मा विमल ठकुरी, काठमाडौं–४ (१) मा श्रीराम लामिछाने, काठमाडौं–५ (२) मा श्यामबहादुर खड्का, काठमाडौं–६ (१) मा हरिप्रभा खड्गी र काठमाडौं–१० (क) बाट पुकार महर्जन निर्वाचित भए ।


राप्रपाबाट काठमाडौं–२ (१) मा सुनील केसी, काठमाडौं–२ (२) मा राजु विष्ट, काठमाडौं–५ (१) मा राजेन्द्र प्रजापति, काठमाडौं–८ (२) बाट उद्धव थापा, काठमाडौं–९ (क) बाट नुरज बज्राचार्य निर्वाचित भएका छन ।


एमालेबाट काठमाडौं–४ (१) मा जयराम थापा, काठमाडौं–६ (२) मा अमनकुमार मास्के, काठमाडौं–७ (२) मा प्रकाश श्रेष्ठ र काठमाडौं–९ (२) मा केशवप्रसाद पोखरेल निर्वाचित भएका छन् ।


एकीकृत समाजवादीबाट काठमाडौं–७ (१) मा बसन्त मानन्धर र काठमाडौं–१० (२) मा रमा आले निर्वाचित भएका छन । हाम्रो नेपाली पार्टीबाट काठमाडौं–८ (१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex