काठमाडौं । जारी मतगणनामा नेकपा एमालले अहिलेसम्म प्रनिनिधिसभा सदस्यका लागि समानुपापतिक मत २१ लाख कटाएको छ ।
एमालले २१ लाख २९ हजार २६३ मत पाएका छन । कांग्रेसले २० लाख ४६ हजार ५३३ मत पाएका छन । सामानुपातिक मत नेकपा एमालले कांग्रेसभन्दा बढि पाएको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले ९ लाख ६७६, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ७५ हजार १२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६२ हजार ८४३ पाएका छन ।
जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ९४८, नेकपा एकिकृत समाजवादीले १ लाख ९ हजार २०८, जनमत पार्टीले १ लाख ७८ हजार ७६८, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ९२१ मत पाएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४ हजार ५३०, नेपाल मजदुर किसान पार्टीले ६८ हजार ४४३, हाम्रो नेपाल पार्टीले ४५ हजार ४८५ मत र राष्ट्रिय जनमोर्चाले ४० हजार ९७५ र पाएका छन ।
Categorized in राष्ट्रिय