६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं १० का निर्वाचित सांसदहरुलाई प्रमाण–पत्र प्रदान


प्रकाशित: शनिवार, १० मंसिर २०७९, १८ः४० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । काठमाडौं १० नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेका छन । 


शनिवार दिउँसा ४ बजे काठमाडौं १० नं। निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमविच निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रतिनिधिसभातर्फ निर्वाचित राजेन्ल्रकुमार केसी, प्रदेशसभा १ र २ मा निर्वाचित पुकार महर्जन र रमा आलेमगरलाई प्रमाण–पत्र  वितरण गरेका थिए । 


सो अवसरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकृतहरूलगायत दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल तामाङ, कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यको उपस्थिति रहेको थियो ।


काठमाडौंको १० क्ष्क्षेत्र मध्ये १०, १, ३, ४ र ५ कांग्रसले, रास्वापाले २, ६, ७, ८ र एमाले क्षेत्र ९ जितेको छ । 


मंसिर ४ गते प्रतिनिधिसा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex