काठमाडौं । जारी मतगणनामा नेपाली कांग्रेसले अहिलेसम्म प्रनिनिधिसभा सदस्यका लागि समानुपापतिक मत २० लाख कटाएको छ ।
कांग्रेसले २० लाख १७ हजार ४९५ मत पाएका छन । सामानुपातिक मत नेकपा एमालले कांग्रेसभन्दा बढि पाएको छ । एमालले २० लाख ९० हजार ९७ मत पाएका छन ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले ९ लाख ९२ हजार ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५७ हजार ६९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५८ हजार ४५९ पाएका छन ।
जनता समाजवादी पार्टीले २ लाख ४८ हजार ९६८, नेकपा एकिकृत समाजवादीले १ लाख ९३ हजार ९६४, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ७४४ मत पाएका छन ।
त्यसैगरी, जनमत पार्टीले १ लाख ७१ हजार २८९, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १ हजार ८९८, राष्ट्रिय जनमोर्चाले ६४ हजार ७९४ र हाम्रो नेपाल पार्टीले ४४ हजार ५८० मत पाएका छन ।
Categorized in राष्ट्रिय