काठमाडौं । जारी मतगणनामा नेपाली कांग्रेसले अहिलेसम्म प्रदेशसभामा १०२ जितेको छ ।
कांग्रेस ५ स्थानमा अझै अग्रस्थानमा देखिएको छ । यस्तै नेकपा एमालले ८३ सिट जितेको छ भने ६ स्थानमा अग्रता लिईरहेको छ ।
नेकपा माओवादी केन्द्रले ५२ सिट जितेका छ भने १ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एकिकृत समाजवादीले १३ सिट ल्याएका छन भने १ स्थानमा अघि देखिएको छ ।
स्वतन्त्रले १२ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११, जनता समाजवादी पार्टीले १, एक स्थानमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ९ स्थान, जनमत पार्टी ७ स्थान, नागरिक उन्मुक्ति पार्टी ५ सिट जितेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेसशभामा भाग लिएका छैनन ।
Categorized in राष्ट्रिय