६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेसले ४३ सिट जित्दा अरुले कति जिते ?


प्रकाशित: शुक्रवार, ९ मंसिर २०७९, १५ः२० बजे
- महानगरखवर

काठमाडौं । जारी मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा ४३ सिट जितेको छ ।


कांग्रेसले १० स्थानमा अग्रता लिईरहेको छ भने सामनुपातिक तर्फ ९ लाख ७० हजार ८७७ मत प्राप्त गरेका छन । 


नेकपा एमालेले ३३ सिट जितेको छ भने १३  ठाँउमा अग्रता लिएका छन । सामानुपातिक तर्फ एमालले १० लाख १७ हजार ६५६ मत पाएका छन । 


त्यसैगरी नेकपा माओवादी केन्द्र सिट संख्या १२ जितेका छ भने ६ स्थानमा अग्रता लिएका छन । सामनुपातिकमा ४ लाख ९६ हजार ५९४ मत प्राप्त गरेका छन । 


नेकपा एकिकृत समाजवादीले १० सिट जितेका छन । समाजवादीले ७१ हजार ६६७ सामानुपातिक मत पाएका छन ।


त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ सिट जितेका छन भने १ स्थानमा अघि देखिएको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ सामानुपातिक तर्फ मत ल्याएका छन । 


राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन भने २ स्थानमा अग्रता बढाएका छन । समानुपातिक तर्फ २ लाख ६० हजार १२० मत पाएका छन । 


जनता समाजवादी पार्टीले ३ सिट जितेका छन । ३ क्षेत्रमा अघि देखिएको छ । १ लाख २९ हजार १५७ समानुपातिक मत पाएका छन  । 


लोकतान्त्रिक समाजवादी पार्टीले पनि ३ सिटमा जितेका छन भने ५४ हजार २ सय सामानुपतिक मत पाएकाछन । त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex