१० भाद्र २०८३, बुधबार
Header

कांग्रेसले ३२ सिट जित्दा अरुले कति जिते ?


प्रकाशित: विहिवार, ८ मंसिर २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । जारी मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा ३२ सिट जितेको छ ।


कांग्रेसले २१ स्थानमा अग्रता लिईरहेको छ भने सामनुपातिक तर्फ ५ लाख ७२ हजार ६९८ मत प्राप्त गरेका छन । 


नेकपा एमालेले २० सिट जितेको छ भने २७ ठाँउमा अग्रता लिएका छन । सामानुपातिक तर्फ एमालले ६ लाख ३ हजार ८ मत पाएका छन । 


त्यसैगरी नेकपा माओवादी केन्द्र सिट संख्या ९ जितेका छ भने ८ स्थानमा अग्रता लिएका छन । सामनुपातिकमा २ लाख ७८ हजार ६२ मत प्राप्त गरेका छन । 


नेकपा एकिकृत समाजवादीले ७ सिट जितेका छन भने ३ स्थानमा अग्रता लिईरहेका छन । समाजवादीले ४० हजार ६७८ सामानुपातिक मत पाएका छन ।


त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ सिट जितेका छन भने १ स्थानमा अघि देखिएको छ । रास्वपाले ३ लाख ९ हजार ६७ सामानुपातिक तर्फ मत ल्याएका छन । 


राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट जितेका छन भने ३ स्थानमा अग्रता बढाएका छन । समानुपातिक तर्फ १ लाख ६८ हजार ८११ मत पाएका छन । 


जनता समाजवादी पार्टीले २ सिट जितेका छन । ६ क्षेत्रमा अघि देखिएको छ । ७५ हजार ७८७ समानुपातिक मत पाएका छन  । 


लोकतान्त्रिक समाजवादी पार्टीले पनि २ सिटमा जितेका छन भने ४ स्थानमा अघि छन । त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex