काठमाडौं । काठमाडौँ–७ (क) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वसन्तप्रसाद मानन्धर निर्वाचित भएका छन ।
मानन्धरले ४ हजार एक सय ५३ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका जीवन मानन्धरले ३ हजार २०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोजिना गुरुङले २ हजार ९६० मत प्राप्त गरेकी छिन ।
काठमाडौँ महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् ।
यस क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।
Categorized in राष्ट्रिय