काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन ।
घन्टी चिह्न पाएको उनले १० हजार १ सय ५ मतले विजयी भएका हुन । उनका प्रतिस्पर्धी हाम्रो पार्टी नेपालका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन ।
नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन ।
विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए ।
Categorized in राष्ट्रिय