काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन ।
दोस्रोमा हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछयाईरहेको छ ।
श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन ।
त्यसैगरी काठमाडौं क्षेत्र नम्बर ६ मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरूवाती अग्रता लिएका छन ।
२०० मत गणना हुँदा खनालले ८०, नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ र नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ३८ र राप्रपाका विष्णुप्रसाद आचार्यले १४ मत ल्याएका छन।
काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेका छन । गठबनधनका मानुषी यमी तेस्रो स्थानमा छिन ।
त्यसैगरी काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन । यस क्षेत्रमा एमालेका डा. राजन भट्टराई दोस्रो स्थानमा देखिएको छ ।
क्षेत्र नं. १ मा नेपाली कांग्रेका प्रकाशमान सिंहले अग्रता लिएको छ ।
Categorized in राष्ट्रिय