काठमाडौं । रुकुम जीप दुर्घट्नामा पछिल्लो अपडेट अनुसार ७ जनाको ज्यान गएको छ । घाईतेहरुलाई काठमाडौ उपचारको लागी ल्याएको प्रहरीले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
मृत्यु हुनेहरुमा ४ जना पुरुष र ३ जना महिला रहेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मैकोट निवासी ३७ बर्षीय कुमार पुन, सोही गाउँपालिका वडा नं. १२ निवासी २०÷२२ वर्षिया तिर्सना तुलाचन, सोही गाउँपालिकाको वडा नं. २ निवासी अन्दाजी २२ वर्षीय किरण पुन, सोही ठाउँकै ३१ वर्षीय बुद्धिराज पुन, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ निवासी ३१ बर्षीया सालेना बर्मा, भूमि गाउँपालिका वडा नं. ४ तल्लो साकिम निवासी २८ बर्षीय अर्जुन विक र बाँके जिल्ला घर भएको भनिएकी अन्दाजी २०÷२२ वर्षीया ललिता परियारको मृत्यु भएको छ ।
त्यसैगरी सो जिपमा सवार ११ जनामध्ये घाईते भएको ४ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौंलाई टिचिंगमा उपचार भईरहेको छ । घाइेतेहरुमा जीपका चालक तथा मुसिकोट नगरपालिका वडा नं. १२ निवासी ५२ वर्षीय जयविर कामी, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ निवासी ३६ वर्षीया प्रर्मिला बुढा मगर, सोही गाउँपालिका वडा नं. २ निवासी २७ बर्षीय धनिराम पुन र सोही ठाउँ निवासी २७ बर्षकै सम्झना पुन मगर गम्भीर घाइते भएका छन ।
लु १ ज २५७३ नम्बरको जीप दिउँसोको समयमा मध्य पहाडी सडक खण्डको धारापानी भन्ने स्थानमा दुर्घटना परेपनि दुर्घट्नाको कारण खुल्न नसकेको प्रहरीले बताएका छन् ।
Categorized in समाज