काठमाडौं । आज विहान ७ बजेबाट प्रतिनिधिसभा तथा प्रदेशसभा नयाँ सदस्य निर्वाचनको लागि मतदान सुुरु भएको छ ।
प्रमुख राजनीतिक दलका नेताहरुले आ–आफ्नो क्षेत्रबाट मतदान गरेका छन भने देशभर सर्वसाधरण सहभागी भएका छन ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार गगनकुमार थापाले विहानै गएर मतदान गरेका छन । काठमाडौं क्षेत्र नं. ८ प्रतिनिधिसभा उम्मेदवार जिवनराम श्रेष्ठले पनि मतदान गरेका छन ।
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा माओवादी नेतृ पम्फा भुसालले ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरेकी छन्।
मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ ।
तस्वीरहरुः रमेश शाक्य/महानगरखबर/समाजिक सञ्जाल



Categorized in राष्ट्रिय