काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार सडकमा मोटरसाईकल पार्किङ निषेध गरेको छ ।
विहिवार देखि नगरप्रहरीले बागबजार सडकमा कुनै पनि सवारी पार्किङ नगरिदिन हुन माईकिंग गर्दै आएको छ । शुक्रवार पनि नगरप्रहरीले यस क्षेत्रमा पार्किङ निषेध गरिएको भन्दै माईकिंग गरिरहेको छ ।
हिजो बेलुका नगरप्रहरीले पार्किङमा रहेको मोटरसाईकलहरु उठाएको थियो । बागबजार पुरानोबसपार्क देखि टुकुुचा खोलासम्म एक लाईन निःशुल्क पार्किङ थियो ।
Categorized in स्थानिय