१२ भाद्र २०८३, शुक्रबार
Header

बुथ कब्जा गर्छु भनेर कसैले नसोचे हुन्छः प्रमुुख आयुक्त थपलिया (भिडियो)


प्रकाशित: विहिवार, १ मंसिर २०७९, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोग प्रमुख दिनेश कुमार थपलियाले बुथ कब्जा चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ भनेर उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ ।


आयोग कार्यलयमा विहिवार आयोजित पत्रकार सम्मेलनमा बुथ कब्जा लोकतान्त्रिक मान्यता विपरीत भएकाले त्यस्तो सोच नराख्न थपलियाले भने  । 


आयोगका प्रमुख आयुक्त थपलियाले बुथ कब्जालाई निष्प्रभावी बनाउने ढंगले सुरक्षा प्रबन्ध गरिएको तथा बुथ कब्जाको प्रयास कहीँ कतै भएमा तुरून्तै स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा सूचना दिन आयोगले मतदातालाई पनि आग्रह गरेको छ ।


‘बुथ कब्जा गरेर चुनाव जित्न खोज्नेले मुलुकको हितमा काम गर्दैन । यो काम लोकतान्त्रिक मान्यता विपरीत पनि छ । कुनै पनि उम्मेदवारले बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ,’ थपलियाले भने । 

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex