६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्थीर अवधि (मौन) उल्लघंन गरे २५ हजार जरिवाना


प्रकाशित: विहिवार, १ मंसिर २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले मौन अवधि उल्लंघन गरे २५ हजार जरिवाना हुने बताएका छन ।


विहिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले सो कुरा बताउँदै स्थानीय निर्वाचन आचारसंहिता अनुगमन समितिलाई यो कसुरबारे कडाइका साथ अनुगमन गर्न निर्देशन समेत दिएको छ । 


निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ । 


यो समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex