काठमाडौं । आज (विहिवार) सत्तारुढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्दैछ ।
दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिले को आयोजना गर्न लागेको हो ।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौं–२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन ।
फाईल तस्वीर
Categorized in राष्ट्रिय