६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

डर, त्रास, धम्की वा प्रभोलनमा नपर्न मतदातालाई आयोगको आग्रह


प्रकाशित: बुधवार, ३० कात्तिक २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मतदाताहरुलाई कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नर्पन आव्हान गरेको छ । 


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पारेका छन । 


थपलियाले भने, ‘म आदरणीय मतदाताहरूमा विशेष अनुरोध गर्न चाहन्छु–निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरूले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रूपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरूको अधिकार हो। मतदान गर्न पाउनु अधिकार मात्रै होइन । आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो। मतदाताहरूलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधान बमोजिम विभिन्न कानून तथा आयोगले विभिन्न निर्देशिकाहरू समेत जारी गरेको छ।’


यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मतदान प्रयोग गर्नसक्ने, यदि कसैले त्यस्तो अवस्था सृजना गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको उनले बताए ।


प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि बताए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex