७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

ताम्रकार फुटसलका बिजेता बने बि के सुनचाँदी, ३० हजार नगद पुरस्कार 


प्रकाशित: सोमवार, २८ कात्तिक २०७९, १९ः३५ बजे
- महानगरखवर

काठमाडौं । पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२ को बिजेता बिके सुनचाँदी पसल बन्न सफल भएको छ । 


शनिवार भएको फाईनल प्रतिस्पर्धामा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो । 


द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको तथा ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेकाथिए । वि.के सुनचांदि पसल चौथो संस्करणका उपविजेता पनि हुन ।


विजेता तथा उपविजेता टिमलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य “आस्था”, समाजका अध्यक्ष बिनोद ताम्रकार, द ब्रिटिस कलेजका प्रशासनिक प्रमुख अमरदीप मण्डल, उपसमितिका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । 


विजेताले रु ३०,०००।–तथा उपविजेताले रु १५,०००।– प्राप्त गरेकाथिए । 

 


सोहीदिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी हातपारेका छन । 


सो दिन महिला खुल्ला, दशवर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिचभएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी बन्न सफलभए ।


कात्तिक १९ गते र २६ गते शनिबार सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका कुशल राजकर्णिकार, उच्चगोलकर्तामा वि.के सुन चांदिका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गरे । 


त्यस्तै प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित भएकाथिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका  रेक्सन राजकर्णिकार भएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex