५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा २ सय ठूला सार्वजनिक सवारी भए पुुग्छः बालेन साह 


प्रकाशित: आईतवार, २७ कात्तिक २०७९, २०ः५० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (वालेन) साहले काठमाडौंमा २ सय ठूूला सवारी साधान भए पुुग्न बताएका छन । 


काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको एक कार्यक्रममा प्रमुख साहले भने,‘ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौँको चक्रपथमा २ हजार सवारी गुड्छन । जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ ।’


उनले सार्वजनिक सवारी सञ्चालकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा भएकोले  सडक असुरक्षाका बढेको बताए ।  


‘यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो हुन सक्यो भने अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र  दुर्घटनामा कमी आउँछ ।’ प्रमुख साले भने । 


उनले सार्वजनिक यातायातमा विश्वाश नभएकोले उपभोक्ता सबैले साधन किन्नु पर्ने बाध्यता भएको र सबैले आफ्नै सवारी किनेपछि चाप धेरै भएको उनको भनाई थियो ।


काठमाडौँको सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि जारी भएको काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐनले सडक सुरक्षाका लागि नतिजामुलक काम गर्ने वातावरण बन्नेछ । 

 

कार्यशाला राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको सहयोगमा सञ्चालन भएको हो । 


कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलका अनुसार २०७७/०७८ को नेपाल प्रहरीको तथ्याङ्क यो बर्ष सडक दुर्घटनामा परेका २ हजार ८७२ जनाको ज्यान गएको छ ।
७ हजार २८२ जना गम्भीर प्रकारको चोटपटकमा परे भने २५ हजार व्यक्तिलाई चोटपटक लाग्यो । 


नेपालमा प्रति १ लाख व्यक्तिमध्ये ९ दशमलव ४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । 


यसबाट हरेक बर्ष करीव ३ हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करीव ६ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन । विश्वमा हरेक २४ सेकेण्डमा १ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex