६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मादक पदार्थ बिक्री वितरण रोक लगाउन आयोगको गृहलाई पत्र


प्रकाशित: आईतवार, २७ कात्तिक २०७९, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्वाचनको मौन  अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न पत्रचार गरेको छ । 


आयोगले केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतवार बसेको बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो ।


बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय समेत गरेको आयोगले बताएको छ । 


समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई जारी गरिएको ७ बुँदे निर्देशन निर्देशनमा भनिएको छ, ‘निर्वाचन कसुर तथा सँजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमाजिम तथा निर्वाचन आचारसंहिता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने विषयमा राजनैतिक दल तथा उम्मेदवारलाई जानकारी गराइ, सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने । विभिन्न निकायहरुले तयार गरी पठाएका निर्वाचन आचार संहिता कार्यान्वयन कार्ययोजनालाई एकिकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex