६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं क्षेत्र नं. ७ (१) बाट एमाले उम्मेदवार मानन्धरको यस्तो प्रतिवद्धता


प्रकाशित: आईतवार, २१ कात्तिक २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं  क्षेत्र नं ७ (१) बाट प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) का उम्मेदवार जीवन मानन्धरले जनतामाझ आफ्नो चुनावी प्रतिवद्धता अघि सारेका छन । 


मानधरले आफ्नो क्षेत्रका सामुदायिक र निजी विद्यालयमा विपन्न, लोपोन्मुख जाति र शहिद परिवारका सन्तानलाई निशुल्क पढाउने, स्वास्थ्य र खानेपानीको सहज पहुँच पुरयाउने एजेण्डा अघि सारेका छन ।


त्यसैगरी, नेपाल भाषा, साहित्य, संस्कृतिको संरक्षण, मूर्त र अर्मूत संस्कृतिको संरक्षण र प्रर्वद्धन,फोहोरको व्यवस्थापन, पर्यटकीय उद्योग गर्ने प्रवद्र्धन, महिलाको सशक्तिकरण गरिने ।


बालाजु बाईसधाराको संरक्षण र युवा स्वरोगार, नदीको सरसफाई लगायत विषयहरुलाई प्राथमिकताका साथ अघि बढ्ने बताएका छन । 


२०३८ सालदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका मानन्धरले कुमारी क्लबको अध्यक्ष हुँदै पछि सल्लाहकार, म्हेपी मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष छन । 


२०४९ सालमा पार्टी प्रवेश गरेका मानन्धर यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका– १६ वडाका वडा सदस्यमा निर्वाचित भएका थिए । 


मान्धरको प्रतिस्पर्धा बहालवाला मानन्धरको प्रतिस्पर्धा वाग्मती प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री वसन्त मानन्धरसंग हुँदैछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex